• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

सहकारी संघसंस्थाहरु बेलगाम घोडा जस्तै आफू अनुकूल चलेकाले समस्या आयो : कार्यकारी निर्देशक नेपाल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारी संघसंस्थाहरु बेलगाम घोडा जस्तै आफू अनुकूल चलेकाले समस्या आएको बताउनुभएको छ।

 

बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु पनि कुनै नियम, नीति निर्देशनमा आधारित नभएर सञ्चालकहरुको मनोमौजीमा चलेको, जथाभावी बचत र ऋणको कारोबार गरेकाले समस्या आएको उहाँको भनाइ थियो ।

 

राजधानीमा जारी लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा बुधबार कार्यपत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक नेपालले भने, ‘खास सहकारी क्षेत्रको अहिलेको मुख्य समस्या विश्वासको संकट हो । कसैलाई अहिले सहकारीमा ट्रान्जेक्सन गर भन्यो भने नाक खुम्च्याउने स्थिति छ ।’

 

सहकारी आन्दोलन मक्किएको र विश्वास गुमाएको तर्क गर्दै उहाँले यो क्षेत्रको सुधारका लागि बैंक तथा वित्त कम्पनीहरुले जस्तै नीति, नियम र निर्देशिकाहरु कडाइका साथ पालना गर्नुको विकल्प नरहेको बताउनुभयो ।

 

बैंक सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई समेत स्वेच्छाचारी रुपमा चल्न नदिएको भन्दै निर्देशक नेपालले सञ्चालक, व्यवस्थापक र बैंकको विभिन्न निकाय तथा विभागमा रहेर काम गर्ने जिम्मेवार पदमा कुनै एकाघर पारिवारिक व्यक्ति ल्याउन नपाउने व्यवस्था गरिएको बताउनुभयो ।

 

तर, सहकारीमा सञ्चालक, व्यवस्थापक, लेखा सुपरिवेक्षण समिति, कर्जा व्यवस्थापन समिति जस्तो महत्वपूर्ण निकायमा एकैघरका पारिवारिक व्यक्तिहरुलाई जिम्मेवारी दिनु गलत भएको उहाँले बताउनुभयो । अझ बढी सहकारीमा राजनीति भएकाले समस्या आएको उहाँको भनाइ छ । केन्द्रदेखि स्थानीय तहसम्मै सहकारी भन्ने वित्तिकै राजनीतिक पार्टीको प्रतिनिधित्व भन्ने बुझिएको छ । कुन सहकारी कुन पार्टीको, कुन नेताको नेतृत्व भन्ने छ । 

 

सहकारी क्षेत्रको नियमन, अनुगमन तथा सुपरिवेक्षणको पाटो पनि निकै कमजोर भएको उल्लेख गर्दै उहाँले राष्ट्र बैंक जस्तै सहकारी संस्थाहरुको पनि नियामकीय छुट्टै स्वायत्त निकाय हुनुपर्नेमा जोड दिनुभयो ।

 

हालको सहकारी विभागले ३१ हजार बढी सहकारीको नियमन अनुगमन सम्भव नभएको भन्दै उहाँले प्रदेश र स्थानीय तहसमेत सहकारीको नियमनमा सक्षम नभएको जिकिर गर्नुभयो । कार्यकारी निर्देशक नेपालले बैंक तथा वित्तीय संस्थाहरुलाई पूँजी, कार्यक्षमता र क्षेत्रका आधारमा क, ख, ग र घ वर्गमा वर्गीकरण गरिएकोमा सहकारीलाई पनि यसैगरी वर्गीकरण गर्ने बेला आएको बताउनुभयो ।

 

तर, स्वनियम भनेर सहकारीलाई यसरी नै छाडियो भने थप समस्या जटिल बन्दै जानेमा कुनै शंका नभएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य

आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक

काठमाण्डौ ।  चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ ।   नेपाल राष्ट्र बैंकले हिजो

ग्लोबल आईएमई बैंक र नास–आईटीले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल एसोसिएशन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर