• आइतबार २-६-२०८१/Sunday 05-19-2024

सन् २०२५ देखि इपिएस रोजगारीमा मागको तीन गुणा मात्र आवेदन लिइने

काठमाण्डौ । दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तीन गुणा सङ्ख्यामा मात्रै आवेदन लिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग इपिएस कार्यालय, मानव संसाधन विभाग (एचआरडी) कोरियाबीच विभिन्न चरणमा भएको छलफलपछि सो कुरामा सहमति भएको हो । 

 

पछिल्लो समयमा इपिएसमार्फत दक्षिण कोरिया जानेका लागि आवेदन भर्नेको सङ्ख्या अत्याधिक भएको र परीक्षा सम्पन्न गर्न वर्ष दिन लाग्ने अवस्थालाई नियन्त्रण गर्न एचआरडी कोरियाले सीमा तोकेको इपिएस शाखाले जनाएको छ । 

 

इपिएस शाखाका निर्देशक मैयाँ कँडेलले एचआरडीको आग्रह अनुसार सन् २०२५ देखि माग सङ्ख्याको तीन गुणा मात्रै आवेदन सङ्कलन गरिने बताउनुभयो । माग सङ्ख्याको तीन गुणा बढी आवेदन परेसँगै ‘अटोमेटिक’ रूपमा आवेदन बन्द हुने गरी प्रणाली विकास गरिने पनि उहाँको भनाइ छ । आवेदनकर्ताको चाप निकै बढि हुने वर्षभरि नै परीक्षा गर्नुपर्ने बाध्यता अन्त्य गर्न आवेदन दिनेको सीमा तोक्नुपर्ने अवस्था आएको निर्देशक कँडेलले बताउनुभयो । 

 

साथै सन् २०२५ देखि कोरियाले लैजाने सबै क्षेत्र ९सेक्टर० का लागि एकै पटक आवेदन आह्वान गरिने छ । हाल कोरियामा विभिन्न चार क्षेत्रमा काम गर्न नेपाली श्रमिक जाने गरेका छन् । त्यसका लागि फरक फरक समयमा आवेदन आह्वान गर्ने गरिएको छ । जसले गर्दा कोरियन भाषा पढेर कोरिया जान तयार रहेकाहरूले सबै क्षेत्रमा आवेदन दिने गरेका छन् । 

 

इपिएस शाखाले सन् २०२५ देखि भने वर्षको एक पटक सबै क्षेत्रका लागि आवेदन आह्वान गर्ने र एउटा व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउने व्यवस्था गर्ने बित्तिकै आवेदकको सङ्ख्या घट्ने जनाएको छ ।  

इपिएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा एक लाख ६४ हजार बढीले आवेदन दिएका छन् । जसमा पहिलो चरणको परीक्षा सम्पन्न भएको छ । दोस्रो चरणको परीक्षा यही वैशाख ३१ गतेदेखि सञ्चालन गरिने सो शाखाले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

आज पहाडी भेगमा हल्का बर्षाको सम्भावना 

काठमाण्डौ । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी परिरहेको छ ।

अन्तत उच्च अदालत पाटनबाट सन्दीप लामिछानेले पाए सफाइ

काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाण्डौले गरेको फैसला उल्टाउँदै उनलाई

जमुनाहा नाका तीन दिनका लागि बन्द

बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द भएको छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा आउँदो (सोमबार) हुने लोकसभा निर्वाचनका लागि