• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

सरकारले १० जिल्लाका गर्भवती र सुत्केरीलाई ‘एमएमएस

काठमाण्डौ । सरकारले अब गर्भवती र सुत्केरीलाई बहुसूक्ष्म पोषण तत्व मल्टिपल माइक्रोन्युट्रियन्ट सप्लिमेन्टेसन–एम एम एस उपलब्ध गराउने भएको छ । हालसम्म सरकारले गर्भवती र सुत्केरीलाई आइरन फोलिक एसिड र भिटामिन ‘ए’ मात्र उपलब्ध गराउँदै आएको थियो । हेलेन केलर इन्टरनेसनल र युनिसेफको सहयोगमा नेपालले यस्तो पोषक तत्व वितरण गर्न लागेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

 

१५ थरीका पोषक तत्त्वयुक्त यो चक्की देशैभरिका गर्भवती र सुत्केरीलाई दिन मिल्ने भए पनि पहिलो चरणमा १० जिल्लामा मात्र वितरण गर्न लागिएको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा ः विवेककुमार लालका अनुसार पहिलो चरणमा प्रभावकारिता अध्ययनका लागि लुम्बिनी प्रदेशका १० जिल्ला रूपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, दाङ, बर्दिया, प्युठान, रोल्पा, रुकुम र बाँकेमा यो चक्की वितरण गरिनेछ । कहिलेदेखि वितरण गर्नेबारे गृहकार्य भइरहेको उँहाले बताउनुभयो ।

 

छिमेकी देशहरू भारत, पाकिस्तान र बंगलादेशले गर्भवती र सुत्केरीलाई सूक्ष्म पोषक तत्त्व उपलब्ध गराउँदै आएको छ । यसका लागि गर्भ जाँचका लागि स्वास्थ्य संस्थामा पुगेको हुनु पर्नेछ । यो चक्की मधुमेह, पोलिसिस्टिक, डिम्बाशयमा समस्या भएका, थाइराइड, मिर्गौला, उच्च रक्तअल्पता र उच्च जोखिमयुक्त गर्भावस्था भएका महिलालाई दिन नमिल्ने बताउनु भयो ।

 

सूक्ष्म पोषक तत्वयुक्त चक्कीमा भिटामिन–ए, भिटामिन–बी १२, भिटामिन– डी ३, भिटामिन–सी, भिटामिन–बी १, भिटामिन–बी २, भिटामिन–बी ३, भिटामिन–बी ६, भिटामिन–ई, फोलिक एसिड, आइरन, जिंक, कपर, आयोडिन र सेलेनियम पाइन्छ । भ्रूण विकासमा समेत सहयोग पु¥याउने यो चक्कीले समय नपुगी बच्चा जन्मिने, गर्भमा शिशुको मृत्यु हुने र नवजात शिशु मृत्युको जोखिम पनि कम हुने बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस

काठमाण्डौ उपत्यकामा सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दै

काठमाण्डौ ।  काठमाण्डौको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएपछि सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ ।   अभियानका क्रममा

काठमाडौं महानगरले थाल्यो एसइई पूरक परीक्षाको तयारी कक्षा

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले एसइई पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई ध्यान दिँदै तयारी कक्षा सुरु गरेको छ । अनुत्तीर्ण विद्यार्थीलाई

शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने