• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

बाँकेमा बालबालिकालाई नियमित दिइने खोप डीपीटी र पोलियोको अभाव

काठमाण्डौ । बाँकेको बैजनाथ गाउँपालिमा एक वर्षभित्रका बालबालिकालाई नियमित दिइने डीपीटी खोप र पोलियोको अभाव भएको छ । बालबालिकालाई नियमितरुपमा लगाउने खोप डीपीटी र खुवाउने पोलियो अभाव भएको हो ।

 

गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाका सिनियर अहेब अधिकृत लक्ष्मण राज शाहीले बाँके जिल्ला कार्यालयले डीपीटी खोप र पोलियो उपलब्ध गराउन नसक्दा आफूले सेवाग्राहीलाई सेवा उपलब्ध गराउन नसकेको बताउनुभएको छ ।

 

जिल्ला कार्यालय बाँके र सङ्घको स्वास्थ्य सेवा विभाग अन्तर्गत पर्ने परिवार कल्याण महाशाखाले खोप अभाव नभएको दाबी गरेको छ । सरकारको नियमित खोप कार्यक्रम अनुसार डीपीटी खोप बच्चा जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी ३ पटक लगाउनुपर्ने उल्लेख छ ।

 

साथै, पोलियो पनि दुई थोपा ३ पटक खुवाउनु पर्ने उल्लेख छ । बच्चा जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्तामा खुवाउनु पर्ने हुन्छ । डीपीटी भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार र हेपाटाइसिस बी, वेक्टेरियल, मेनिन्जाइटिस विरुद्ध लगाइन्छ भने, पोलियोको थोपा पोलियो रोग विरुद्ध खुवाइने गरिन्छ ।

प्रतिकृया दिनुहोस

काठमाण्डौ उपत्यकामा सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दै

काठमाण्डौ ।  काठमाण्डौको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएपछि सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ ।   अभियानका क्रममा

काठमाडौं महानगरले थाल्यो एसइई पूरक परीक्षाको तयारी कक्षा

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले एसइई पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई ध्यान दिँदै तयारी कक्षा सुरु गरेको छ । अनुत्तीर्ण विद्यार्थीलाई

शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने