• आइतबार २-६-२०८१/Sunday 05-19-2024

पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित

काठमाण्डौ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको छ ।

 

नेकपा एमालेद्वारा आयोजित नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० स्थापनाको हीरक महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा। बाबुराम भट्टराईले संयुक्तरूपमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान प्रदान गर्नुभएको हो ।

 

नेकपा एमालेकी तत्कालीन उपाध्यक्ष भण्डारीले लोकतन्त्र, गणतन्त्र र ३३ प्रतिशत महिलाको राज्यका हरेक निकायमा प्रतिनिधित्व गर्ने सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै एमालेले सम्मान गरेको हो । भण्डारीले दुई कार्यकाल नेपालको प्रथम महिला राष्ट्रपतिको भूमिका पनि निर्वाह गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै भण्डारीले आफूलाई सम्मान प्रदान गरेकोमा एमालेप्रति आभार व्यक्त गर्नुभएको छ ।

 

ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा आयोजित समारोहमा विशेष वक्ताका रूपमा प्रधानमन्त्री प्रचण्ड र  प्रमुख प्रतिपक्ष दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रहनुभएको थियो ।

प्रतिकृया दिनुहोस

बागमती प्रदेश सभामा चार समितिको सभापति निर्विरोध निर्वाचित

बागमती प्रदेश सभा अन्तर्गत रहेका पाँच वटा विषयगत समितिमध्ये चार वटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।    शनिबार बसेको

सहकारी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुट्यो

काठमाण्डौ । शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ।   शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल

संसदको गतिरोध हटाउन दलहरुको पहल, छलफलमा जुट्दै

काठमाण्डौ ।  संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् ।   भोलि बिहान ११ बजे बैठक बस्नुअघि सहमति जुटाउन नेताहरुले थप पहल गरेका छन् ।