• आइतबार २-६-२०८१/Sunday 05-19-2024

कम्युनिष्टहरूको पुनः एकता हुनसक्ने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले कम्युनिष्टहरूको पुनः एकता हुन सक्ने दाबी गर्नुभएको छ । आज(सोमबार) तुल्सीलाल स्मृति प्रतिष्ठानले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले कम्युनिष्टहरूको वाम एकता आमनागरिकबाट अनुमोदन भएकाले सही कामको निम्ति प्रयास जारी राख्ने बताउनुभयो ।

 

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरूलाई एकताबद्ध गर्नु नै अबको गणतन्त्र र राजनीतिक सङ्घर्षको निम्ति आवश्यकता रहेको दाबी गर्नुभयो । राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण र नागरिकका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको उहाँले बताउनुभयो । उहाले कम्युनिष्टहरू कुनै न कुनै रूपले सहकार्य र एकतामा जान आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस

बागमती प्रदेश सभामा चार समितिको सभापति निर्विरोध निर्वाचित

बागमती प्रदेश सभा अन्तर्गत रहेका पाँच वटा विषयगत समितिमध्ये चार वटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।    शनिबार बसेको

सहकारी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुट्यो

काठमाण्डौ । शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ।   शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल

संसदको गतिरोध हटाउन दलहरुको पहल, छलफलमा जुट्दै

काठमाण्डौ ।  संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् ।   भोलि बिहान ११ बजे बैठक बस्नुअघि सहमति जुटाउन नेताहरुले थप पहल गरेका छन् ।