• आइतबार २-६-२०८१/Sunday 05-19-2024

०८४ सालमा पार्टीलाई बहुमतमा पुर्‍याउने गरी काम गर्न वरिष्ठ उपाध्यक्ष पोखरेलको निर्देशन

काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २०८४ सालमा एमालेलाई बहुमतमा पुर्‍याउने गरी काममा लाग्न नेताऔकार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ।

 

आज (आइतबार) पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले ०८४ सालमा पार्टीलाई बहुमतमा पुर्‍याउने गरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको हो।

 

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले राष्ट्रिय शक्तिको रूपमा स्थापित भएको भन्दै एमालेलाई निर्णायक बिन्दुमा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले एमाले बलियो भएमात्रै राष्ट्रिय शक्ति बलियो हुने भन्दै एमाले कमजोर हुँदा राष्ट्रिय शक्ति कमजोर हुने बताउनुभयो । उहाँले एमालेलाई बलियो बनाउन विचारमा स्पष्ट, संगठनमा सुदृढ र जनतामा स्थापित भएको नेतृत्व पार्टीले खोजेको बताउनुभयो ।

 

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्ताहरू पब्लिक अडिटमा रहने भन्दै पब्लिक अडिटमा बेरुजु निस्किने छुट आफूहरूलाई नभएको बताउनुभयो । उहाँले व्यक्तिगत आचरण राम्रो बनाउन पनि आग्रह गर्नुभयो।

प्रतिकृया दिनुहोस

बागमती प्रदेश सभामा चार समितिको सभापति निर्विरोध निर्वाचित

बागमती प्रदेश सभा अन्तर्गत रहेका पाँच वटा विषयगत समितिमध्ये चार वटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।    शनिबार बसेको

सहकारी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुट्यो

काठमाण्डौ । शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ।   शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल

संसदको गतिरोध हटाउन दलहरुको पहल, छलफलमा जुट्दै

काठमाण्डौ ।  संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् ।   भोलि बिहान ११ बजे बैठक बस्नुअघि सहमति जुटाउन नेताहरुले थप पहल गरेका छन् ।