• आइतबार २-६-२०८१/Sunday 05-19-2024

भरतपुर महानगरपालिकामा कर नतिर्ने कम्पनीका होडिङ बोर्ड हटाइँदै

काठमाण्डौ । भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु गरेको छ । शनिबारदेखि नारायणगढ बजार क्षेत्रका सार्वजनिकस्थान र पसलमा राखिएका बोर्ड हटाउन सुरु गरिएको हो ।

 

महानगर प्रहरी प्रमुख कृष्णहरि ढकालका अनुसार महानगरपालिकाले पटक–पटक ताकेता गर्दा पनि करको दायरामा नआएपछि होडिङ बोर्ड हटाइएको छ । महानगरपालिकाले महानगरभित्र विज्ञापनका होडिङ बोर्डको कर उठाउने जिम्मा प्रनिस कन्सट्रक्सनलाई दिएको छ । कन्सट्रक्सनका प्रतिनिधिसहित महानगर प्रहरीले बजार क्षेत्रबाट बाल्ट्रा, सुपर जनरल, होम ग्यालरी, तयारी वेयरलगायतका कम्पनीका होडिङ बोर्ड हटाएको ढकालले जानकारी दिनुभयो ।

 

प्रनिस कन्सटक्सनका बजार प्रतिनिधि दीपक घिमिरेले कर तिर्न समय दिए पनि अटेर गरेपछि होडिङ बोर्ड हटाउन बाध्य भएको बताउनुभयो । उहाँले कर नतिर्ने अन्य कम्पनीलाई पनि क्रमशः करको दायरामा ल्याइने जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

आज पहाडी भेगमा हल्का बर्षाको सम्भावना 

काठमाण्डौ । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी परिरहेको छ ।

अन्तत उच्च अदालत पाटनबाट सन्दीप लामिछानेले पाए सफाइ

काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाण्डौले गरेको फैसला उल्टाउँदै उनलाई

जमुनाहा नाका तीन दिनका लागि बन्द

बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द भएको छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा आउँदो (सोमबार) हुने लोकसभा निर्वाचनका लागि