• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

निर्वाचन आचारसंहिता पालन नगरे तत्काल कारबाही गर्ने आयोगको चेतावनी

काठमाण्डौ।  निर्वाचन आयोगले आउँदो वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपचुनावमा आचारसंहिता विपरीत गतिविधि र क्रियाकलाप भएमा तत्काल कारबाही गर्ने जनाएको छ । आयोगले सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेको पाइएमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने जनाएको हो ।

 

प्रतिनिधिसभाको इलाम क्षेत्र नम्बर–२ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा हुने उपचुनावका लागि आयोगले गएको चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गरेको छ ।

 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्च्याउने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा टिकाटिप्पणी गर्न, गराउने नहुने व्यवस्था रहेको बताउनुभयो ।

 

त्यसैगरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न गराउन नहुने तथा कसैको चरित्रहत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउन नपाइने व्यवस्था छ ।

 

आचारसंहिता उल्लङ्घनका घटनामा तत्काल आवश्यक कारबाही गर्न सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ ।

प्रतिकृया दिनुहोस

आज राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीसहित गृह, ऊर्जा र संस्कृति पर्यटनमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बिहीबार) सदनमा उठेका प्रश्नको जवाफ आज सदनमा दिने कार्यसूची रहेको छ ।   दिउँसो १ बजे बस्ने

नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक काम नगर्ने भएकाले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि

प्रधानमन्त्री ओलीसँग नेपालका लागि कतारका राजदूत अन्सारीको भेट

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका