• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि पेस भएका दुवै दाबी अस्वीकृत, नयाँ दाबी गर्न पुनः आह्वान

काठमाण्डौ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि पेस भएका दुवै दाबी अस्वीकृत गर्नुभएको छ ।

 

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र सोही पार्टीकी रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । तर त्यसको दुई दिनपछि प्रदेश प्रमुख मियाँले दुवैजनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको हो ।

 

मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न वैशाख ६ गते साँझ ५ बजेसम्मको समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले जानकारी दिनुभयो । आफ्नो दललाई मुख्यमन्त्री दिन सत्तारुढ दलका शीर्ष नेताहरू सहमत भएपछि मंगलबार एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले आइतबार लक्ष्मणकिशोर चौधरीलाई दिइएको समर्थन फिर्ता लिइएको पत्र प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको छ ।

 

यसैबीच, प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा पुनः दाबी पेस गर्न आह्वान भएपछि कांग्रेस र नागरिक उन्मुक्ति पार्टी भने रुष्ट भएका छन् । मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले कानुनी उपचार तथा अन्य वैकल्पिक कदम चाल्ने बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति आज

काठमाण्डौ ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।   नेपाल कम्युनिष्ट

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउनुभएको छ । प्रतिनिधिसभामा आज भएको मतदानमा उहाँको पक्षमा दुईतिहाइ सांसदले भोट हानेका

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै (प्रत्यक्ष प्रसारण)

काठमाण्डौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूचीसहित प्रतिनिधिसभा बैठक सुरू भएको छ ।   कांग्रेसको समर्थनमा असार ३० गते