• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु

काठमाण्डौ । नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका कार्यक्रम हुनेछन् ।

अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य छ । विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छोडेका २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान केन्द्रित हुनेछ ।

अभियानको पहिलो दिन आज देशभरका पालिकाका शिक्षा शाखा प्रमुख, एकाइ प्रमुख, नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा मातहतका निकायबीच भर्चुअल अन्तक्रिया हुँदैछ । मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियानका लागि सहजीकरण कार्ययोजना तयार पारेको छ ।

त्यसलाई कार्यान्वयन गर्न सबै पालिका, विद्यालय तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ । गएको चैत १५ गतेदेखि आवश्यक पाठ्यपुस्तक वितरण शुरु भएको र देशका धेरै ठाउँमा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई विद्यालय भर्नाकै समयमा निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस

सरकारले १० जिल्लाका गर्भवती र सुत्केरीलाई ‘एमएमएस

काठमाण्डौ । सरकारले अब गर्भवती र सुत्केरीलाई बहुसूक्ष्म पोषण तत्व मल्टिपल माइक्रोन्युट्रियन्ट सप्लिमेन्टेसन–एम एम एस उपलब्ध गराउने भएको छ ।

बाँकेमा बालबालिकालाई नियमित दिइने खोप डीपीटी र पोलियोको अभाव

काठमाण्डौ । बाँकेको बैजनाथ गाउँपालिमा एक वर्षभित्रका बालबालिकालाई नियमित दिइने डीपीटी खोप र पोलियोको अभाव भएको छ । बालबालिकालाई नियमितरुपमा

काठमाडौं आजपनि विश्वकै सर्वाधिक प्रदूषित सहरको मुख्य सूचीमा

sf7df8f}+ . sf7df8f}+ cfh km]l/ jfo' k|b"if0fsf] lx;fan] ljZjs} ;jf{lws k|b"lift ;x/sf ¿kdf ;"rLs[t ePsf] 5 . …Po/ Sjfln6L OG8]S;Ú sf] cfhsf] tYofÍcg';f/ ;du| jfo' u'0f:t/ ;"rsf+s -PSo'cfO{_ Ps ;o ^@ k'u]sf] 5 . Po/ Sjfln6L OG8]S;Ú sf cg';f/ bf];|f] k|b"lift ;x/sf ¿kdf yfONof8sf] lrofª dfO{ ;x/