• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

वनस्पति विधेयकलाई छिटै ऐनको रुपमा ल्याउँदैछौं : वनमन्त्री

काठमाण्डौ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताउनुभएको छ ।

 

आज (बिहीबारं) काठमाडौंमा वनस्पति विभागको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री साहले यस्तो बताउनुभएको हो ।

 

मन्त्री साहले वनस्पति विभिागले गरिराखेका कामहरु थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । तत्काल वनस्पति ऐन आवश्यक रहेको र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रश्तावित वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउनु रहेको बताउनुभयो । उहाँले जडिबुटी र सुगन्धित तेलको व्यापार प्रवद्र्धनमा निरन्तरता दिनुपर्ने बताउनुभयो ।

 

मन्त्री साहले मानवीय वा जलवायु परिवर्तनका कारण दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पतिहरु दिनप्रतिदिन संकटमा परिरहेको बताउनुभयो । उहाँले बहुउपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवद्र्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौति रहेको बताउनुभयो । उहाँले राष्ट्रिय वनस्पती उद्यान लगायत देशका विभिन्न हावा, पानी र भौगोलिक क्षेत्रमा रहेका अन्य वनस्पति उद्यानहरुलाई समेत समय सापेक्ष रुपमा विकास गरी पर्यापर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 

मन्त्री साहले वनस्पति विविधताको अध्ययन, अनुसन्धानबाट प्राप्त नतिजालाई जनस्तरसम्म पु¥याइ स्थानीयको जीवनस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति आज

काठमाण्डौ ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।   नेपाल कम्युनिष्ट

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउनुभएको छ । प्रतिनिधिसभामा आज भएको मतदानमा उहाँको पक्षमा दुईतिहाइ सांसदले भोट हानेका

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै (प्रत्यक्ष प्रसारण)

काठमाण्डौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूचीसहित प्रतिनिधिसभा बैठक सुरू भएको छ ।   कांग्रेसको समर्थनमा असार ३० गते