• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

काठमाण्डौ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले) का गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार अधिकारीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

 

यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित आठ जना र एक जना स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात दीपक मनाङेसहित ३१ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गर्नुभएको थियो । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्थ्यो ।

 

नेपाली कांग्रेसले भने मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ । राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताउनुभयो । एमाले, माओवादी, स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे र सभामुखलाई समेत गणना गरिएकाले अधिकारीको दावी असंवैधानिक रहेको पत्रमा उल्लेख छ ।

 

यसअघि विश्वासको मत नपाउने अवस्था देखिएपछि कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा दिनुभएको थियो । २१ गते नै प्रदेश प्रमुख भट्टले सात दिनको समय दिएर बहुमतको सरकार दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस

एक महिनामा २०८१ जनालाई रोजगारीमा जोड्ने महानगरपालिकाको लक्ष्य

काठमाण्डौ । आजदेखि काठमाण्डौमा सीप मेला सुरु हुँदैछ । काठमाण्डौ महानगरपालिकाले टुँडिखेलमा मेलाको आयोजना गरेको हो । उपमेयर सुनिता डंगोलकाअनुसार

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

कैलाली । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी हुनु भएको छ । एमालेका भण्डारीले ११६१२ मत ल्याउँदा कांग्रेसका

इलाम–२ उपनिर्वाचनमा सुहाङको अग्रता कायमै

काठमाण्डौ । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ४८७ मत प्राप्त गरेका छन् ।    दोस्रो