• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डाै ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री महराले प्रदेश प्रमुख अमिक शेरचनसँग आज शपथ लिनुभएकाे हाे ।

 

माओवादी केन्द्रका महराले शपथ लिएसँगै तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार पनि गर्नुभएको छ ।

 

नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेबाट चेतनारायण आचार्य, नेकपा माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् ।

 

अर्घाखाँचीका आचार्य एमाले संसदीय दलका उपनेता हुनुहुन्छ । आज नियुक्त भएका कुनै पनि मन्त्रीको मन्त्रालय तोकिएको छैन ।

 

पाँच वटा राजनीतिक दलका ४७ जना र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रतिकृया दिनुहोस

एक महिनामा २०८१ जनालाई रोजगारीमा जोड्ने महानगरपालिकाको लक्ष्य

काठमाण्डौ । आजदेखि काठमाण्डौमा सीप मेला सुरु हुँदैछ । काठमाण्डौ महानगरपालिकाले टुँडिखेलमा मेलाको आयोजना गरेको हो । उपमेयर सुनिता डंगोलकाअनुसार

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

कैलाली । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी हुनु भएको छ । एमालेका भण्डारीले ११६१२ मत ल्याउँदा कांग्रेसका

इलाम–२ उपनिर्वाचनमा सुहाङको अग्रता कायमै

काठमाण्डौ । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ४८७ मत प्राप्त गरेका छन् ।    दोस्रो