• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

वाइडबडी प्रकरण : पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर ।।

काठमाण्डौ । वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जीवनबहादुर शाही तथा पूर्वसचिवहरू शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगानासहित ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा अहिले कर्णाली प्रदेशका प्रदेश सभा सदस्य शाही, नेपाल वायु सेवा निगमका कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन महाप्रबन्धक एवम् सञ्चालक समिति सदस्य सुगतरत्न कंसाकारसमेत ३२ जनामाथि एक अर्ब ४७ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको आरोप पत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

 

त्यस्तै नेपाल वायु सेवा निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन कामु निर्देशक र अहिलेका निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा अहिलेका निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारष पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा अहिलेका निर्देशक उमेश पौडेल र तत्कालीन उपनिर्देशक र अहिलेका उपनिर्देशक बृहतमान तुलाधारलाई पनि प्रतिवादी बनाइएको छ ।

 

अख्तियारले उनीहरूविरुद्ध एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ५२ रुपैयाँ ८५ पैसा बिगो मागसहित मुद्दा दायर गरेको हो । निगमले २०७३ सालमा दुई वटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो ।
 

प्रतिकृया दिनुहोस

इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना

काठमाण्डौ । नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद २५ करोड जरिवाना भएको छ।   सम्पत्ति शुद्धीकरण मुद्दामा

धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन कारागार चलान

काठमाण्डौ । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा

पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन धरौटीमा रिहा

काठमाण्डौ । बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ परेको पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटीमा रिहा भएका छन्