• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा लाङटाङको फोटो प्रदर्शनी

काठमाण्डौ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुरमा लाङटाङको फोटो प्रदर्शनीमा राखिएको छ । त्रिवि केन्द्रीय पुस्तकालय र प्राणीशास्त्र केन्द्रीय विभागको संयुक्त आयोजनामा आजदेखि ‘दुई दशकमा लाङटाङ : प्रकृति, विविधता, भूकम्प र जीवन’ शीर्षकमा फोटो प्रदर्शनीमा राखिएको हो ।

 

प्रदर्शनीमा राखिएका फोटो वाशिङ्टन विश्वविद्यालयका प्राध्यापक रायन्डल सी काइज, त्रिविका प्राध्यापक मुकेश चालिसे, नेपाल इन्जिनियरिङ कलेजका डाक्टर नारायणप्रसाद कोजू र कलाकार बालकृष्ण बनमालाले खिच्नुभएको हो ।

 

उहाँहरूले अनुसन्धान र तालिमका अवसरमा लाङटाङमा जाँदा सन् २००२ देखि २०२३ सम्म दुई दशकमा खिचिएका फोटो मध्येबाट एक सयबाट छानिएका फोटो प्रदर्शनीमा राखिएको पुस्तकालकाय सूचना अधिकारी विजय शर्माले जानकारी दिनुभयो ।

 

प्रदर्शनीमा लाङटाङको सहरीकरण, भौगोलिक परिर्वतन, रहनसहन, परम्पराका साथै २०७२ सालको भूकम्पले पारेको प्रभाव र त्यसपछि भएको पुनर्निर्माणको परिदृश्य तस्बिरबाट अवलोकन गर्न सकिन्छ । प्रदर्शनी आज बेलुका ५ बजेसम्म त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवनमा हुनेछ ।

प्रतिकृया दिनुहोस

काठमाण्डौ उपत्यकामा सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दै

काठमाण्डौ ।  काठमाण्डौको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएपछि सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ ।   अभियानका क्रममा

काठमाडौं महानगरले थाल्यो एसइई पूरक परीक्षाको तयारी कक्षा

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले एसइई पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई ध्यान दिँदै तयारी कक्षा सुरु गरेको छ । अनुत्तीर्ण विद्यार्थीलाई

शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने