• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

सहकारी ठगीमा रास्वपाका डीपी अर्याल र कविन्द्र बुर्लाकोटीसमेत आरोपित : नेपाली कांग्रेस

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  सभापतिसमेत रहनुभएक गृहमन्त्री रावि लामिछानेमाथि सहकारीको रकम हिनामिना आरोपमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले आजको बैठकमा अरू दुई जना नेतासमेत आरोपित रहेका दाबी गरेको हो ।

 

कांग्रेसले सहकारीको रकम ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसमेत आरोपित रहेका दाबी गरेको छ ।

 

प्रतिनिधि सभाको बैठक शुरु भएलगत्तै कांग्रेसका सांसद विरोधमा उठेका थिए । सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद रामकृष्ण यादवले गृहमन्त्री लामिछानेलाई लागेको आरोपका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग दोहोर्‍याउनुभयो । साथै उहाँले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका अर्याल र रास्वपाकै अर्का नेता बुर्लाकोटी आरोपित रहेका दाबी गर्नुभयो ।

 

डीपी अर्याल ुहाम्रो नयाँ कृषि सहकारी संस्थाु को उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको र त्यस सहकारीको सञ्चालक समितिको सदस्यमा बुर्लाकोटीसमेत रहेका यादवले बताउनुभयो ।

 

यसैबीच संसद् भवन अगाडि पत्रकारसँग कुरा गर्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा पार्टीका नेताहरूको नाम जोड्दैमा आत्तिइहाल्नु नपर्ने बताउनुभयो । पत्रिकामा छापिदैँमा दोषी नहुने भन्दै उहाँले प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति आज

काठमाण्डौ ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।   नेपाल कम्युनिष्ट

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउनुभएको छ । प्रतिनिधिसभामा आज भएको मतदानमा उहाँको पक्षमा दुईतिहाइ सांसदले भोट हानेका

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै (प्रत्यक्ष प्रसारण)

काठमाण्डौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूचीसहित प्रतिनिधिसभा बैठक सुरू भएको छ ।   कांग्रेसको समर्थनमा असार ३० गते