• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको हो ।

 

बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ ।

 

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।  यस्तै उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल र अनुमोदनका लागि बैठकमा प्रस्ताव गर्नुहुनेछ ।

 

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिकृया दिनुहोस

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति आज

काठमाण्डौ ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।   नेपाल कम्युनिष्ट

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउनुभएको छ । प्रतिनिधिसभामा आज भएको मतदानमा उहाँको पक्षमा दुईतिहाइ सांसदले भोट हानेका

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै (प्रत्यक्ष प्रसारण)

काठमाण्डौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूचीसहित प्रतिनिधिसभा बैठक सुरू भएको छ ।   कांग्रेसको समर्थनमा असार ३० गते