• बुधबार १-५-२०८१/Wednesday 04-17-2024

प्रधानमन्त्री दाहालको दाबीः नयाँ सत्ता समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ

काठमाण्डौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको दाबी गरेका छन्।

 

पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको दाबी गरे।

 

‘पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्,’ उनले भने, ‘अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ।’

 

नीति तथा कार्यक्रम र वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अब प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउने गरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको स्पष्ट पारे।

 

उनले आगामी आर्थिक वर्षदेखि रु तीन करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने बताए। आगामी आर्थिक वर्षमा मधेस प्रदेशका लागि नयाँ र विशेष ‘प्याकेज’ तयार गर्न आफूले निर्देशन दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मधेस प्रदेशको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयलाई केन्द्रित गरेर प्याकेज तयार गर्न मैले निर्देशन दिएको छु, यस पटक मधेसमा नयाँ हुन्छ।’

 

माओवादी केन्द्रले सरकारको नेतृत्व गरेसँगै सुशासनका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकारले चालेका कदमबाट जनतामा सकारात्मक सन्देश प्रवाह भएको बताए।

 

‘मिटरब्याजपीडितका समस्या समाधानतर्फ गएको छ, नागरिकतासम्बन्धी समस्या समाधान भएका छन् र भूटानी शरणार्थी एवं सुनकाण्डजस्ता विषयमा छानबिन गरी दोषीमाथि कारबाही गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने। उनले सरकारको सकारात्मक अभियानलाई जनतासम्म लैजान पार्टीलाई निर्देशन दिए। रासस

प्रतिकृया दिनुहोस

निर्वाचन आचारसंहिता पालन नगरे तत्काल कारबाही गर्ने आयोगको चेतावनी

काठमाण्डौ।  निर्वाचन आयोगले आउँदो वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपचुनावमा आचारसंहिता विपरीत गतिविधि र क्रियाकलाप भएमा तत्काल

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि पेस भएका दुवै दाबी अस्वीकृत, नयाँ दाबी गर्न पुनः आह्वान

काठमाण्डौ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि पेस भएका दुवै दाबी अस्वीकृत गर्नुभएको छ ।   सुदूरपश्चिमको

सरकार परिवर्तनका टिप्पणीहरुलाई गम्भीरतापूर्वक लिनपर्दैन : प्रधानमन्त्री दाहाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने बताउनुभएको छ । मंगलबार परिसंघको २१ औं वार्षिक साधारण