• बुधबार १-५-२०८१/Wednesday 04-17-2024

बाबर आजम फेरि पाकिस्तान क्रिकेट टिमको कप्तान नियुक्त

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ ।

 

गएको वर्ष भारतमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानी टिम सेमिफाइनलमा प्रवेश गर्न नसकेको भन्दै बाबरले सबै फम्र्याटका क्रिकेटबाट कप्तानी छोडेका थिए । यसअघि अन्तरिम व्यवस्थाका रूपमा टी–२० क्रिकेटका लागि तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । शन मसूदलाई टेस्ट क्रिकेटको कप्तान बनाइएको थियो ।

 

कप्तानको फेरबदल र मुख्य प्रशिक्षक मिक्की आर्थरलाई पनि हटाएपछि पाकिन्तानी टोली अस्ट्रेलियामा सम्पन्न टेस्ट क्रिकेटमा ३–० र न्युजिल्यान्डमा सम्पन्न टी–२० क्रिकेटमा ४–१ ले पराजित भएको थियो ।

 

अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटअघि पाकिस्तानले अब बाबरको कप्तानीमा न्युजिल्यान्ड, आयरल्यान्ड र इङ्ग्ल्यान्डसँग टी–२० क्रिकेट खेल्दैछ ।

प्रतिकृया दिनुहोस

इरानले इजरायलमा गरेको आक्रमणपछिको मध्यपूर्वको अवस्थाबारे अमेरिका र इराकबीच छलफल

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले मध्य–पूर्वको सुरक्षालाई लिएर इराकका उपप्रधानमन्त्री मोहम्मद अली तमिमसँग छलफल गर्नुभएको छ

आज उत्तर अमेरिकाको म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्दै

एजेन्सी । आज उत्तर अमेरिकाको म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्दैछ ।   दिउँसै अँध्यारो हुने गरी खग्रास

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले भारत भ्रमण गर्ने

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले भारतको आसन्न लोकसभा चुनाव सम्पन्न भएपछि भारतको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।    प्रधानमन्त्री