• बिहीबार ५-११-२०८३/Thursday 08-27-2026

युक्रेनका लागि हङ्गेरीले रोकेको ५० अर्ब युरो सहायताको अवरोध हटाउने ईयू प्रमुखको प्रतिबद्धता

तस्बिर : एजेन्सी

एजेन्सी ।  युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले युक्रेनका लागि हङ्गेरीले रोकेको ५० अर्ब युरो सहायताको अवरोध हटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बीबीसीले बताएको छ ।


बीबीसीका अनुसार उहाँले आउँदो शिखर सम्मेलनमा सहायता प्याकेजको अवरोध हटाउन उपायहरुको खोजी गर्ने बताउनुभयो । ब्रसेल्समा ईयू नेताहरुसँगको भेटपछि प्रमुख लेयेनले अबको दोस्रो हप्ता अर्थात् अर्को वर्षको शुरुमै हुने शिखर सम्मेलनमा जे भए पनि आफूहरूसँग अवरोधलाई पन्छ्याउने उपाय हुने सार्वजनिक गर्नुभएको बीबीसीले जनाएको छ ।


हङ्गेरीले भिटो अर्थात् विशेषाधिकार प्रयोग गर्दै युक्रेनको सहायता रोकेको छ । रुससँगको लडाइँमा युक्रेन ईयू र अमेरिकाको आर्थिक सहायतामा निर्भर छ । हङ्गेरीको रुससँग निकट सम्बन्ध छ । उसले लामो समयदेखि युक्रेनको ईयू सदस्यताबारे विरोध जनाए पनि त्यसलाई लिएर भिटो प्रयोग गरेको छैन ।
 

प्रतिकृया दिनुहोस

ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि यसै साता पुनः वार्ता सुरु गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै साता पुनः वार्ता सुरु हुन सक्ने संकेत दिएका छन् । पाकिस्तानको

इरान र अमेरिकाबीचको शान्ति वार्ता निष्कर्षविहीन

एजेन्सी ।  अमेरिका र इरानबीच पाकिस्तानमा सम्पन्न उच्चस्तरीय शान्ति वार्ताबाट कुनै ठोस सहमति हुन नसकेको बीबीसीले जनाएको छ ।   पाकिस्तानको

अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य सकियो : इरान

एजेन्सी । इरानले अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य नरहने बताएको छ।   इरानका सभामुख मोहम्मद बाघेर गालिबाफले युद्धविराम