अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य सकियो : इरान
एजेन्सी । इरानले अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य नरहने बताएको छ।
इरानका सभामुख मोहम्मद बाघेर गालिबाफले युद्धविराम घोषणा भएकै दिन लेबननमा हमला हुनुले थप वार्ताको औचित्य नरहेको बताउनु भएको हो । लेबननमा भएको हमलामा साढे २ सय नागरिकको मृत्यु र ११ सय बढी घाइते भएका थिए।
उहाँले सर्तविपरीत अमेरिकाले परमाणु कार्यक्रम त्याग्न दबाब दिएको पनि बताउनु भयो । यस्तो परिस्थितीमा द्विपक्षीय युद्धविराम वा वार्ता अघि बढाउनु उचित नभएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
अमेरिका र इसराइल दुवैले युद्धविराममा लेबनन समावेश नभएको दाबी गरेका छन्। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बुधबार नै युद्धविरामप्रति समर्थन गर्ने तर त्यसमा लेबनन नपर्ने बताएका थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि लेबनन युद्धविराममा नसमेटिएको बताउनु भएको छ । राष्ट्रपति ट्रम्पले इरान युरेनियम समृद्धिकरण रोक्न सहमत भएको पनि दाबी गर्नुभएको छ।
लेबननमा हमलापछि इरानले हर्मुजमा अवरोध कायम राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विभिन्न कम्पनीका जहाजहरू युद्धविरामबारे प्रष्ट नभएकाले तत्काल जलमार्ग प्रयोग नगर्ने मनस्थितिमा छन्।
इसराइली प्रधानमन्त्री नेतन्याहूले इसराइल जुनसुकै बेला युद्धमा फर्किन तयार रहेको बताउनु भएको छ ।
ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि यसै साता पुनः वार्ता सुरु गर्ने
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै साता पुनः वार्ता सुरु हुन सक्ने संकेत दिएका छन् । पाकिस्तानको
इरान र अमेरिकाबीचको शान्ति वार्ता निष्कर्षविहीन
एजेन्सी । अमेरिका र इरानबीच पाकिस्तानमा सम्पन्न उच्चस्तरीय शान्ति वार्ताबाट कुनै ठोस सहमति हुन नसकेको बीबीसीले जनाएको छ । पाकिस्तानको
तत्कालका लागि आक्रमण रोक्न इरानका सर्वोच्च नेता खामेनीको निर्देशन
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको दुई हप्ताको युद्धविरामपछि इरानका सर्वोच्च नेता मोजतबा खामेनीले आफ्ना सबै सैन्य इकाइलाई
.jpeg)





प्रतिकृया दिनुहोस