• बिहीबार ६-१-२०८३/Thursday 09-17-2026

इरान र अमेरिकाबीचको शान्ति वार्ता निष्कर्षविहीन

एजेन्सी ।  अमेरिका र इरानबीच पाकिस्तानमा सम्पन्न उच्चस्तरीय शान्ति वार्ताबाट कुनै ठोस सहमति हुन नसकेको बीबीसीले जनाएको छ ।

 

पाकिस्तानको मध्यस्थतामा झन्डै २१ घण्टा लामो वार्तापछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

उपराष्ट्रपति भ्यान्सले अमेरिका ‘सद्भावका साथ’ वार्तामा सहभागी भए पनि इरानबाट आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता नदेखिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । इरानले आणविक हतियार विकास नगर्ने र त्यसका लागि आवश्यक साधनहरू नखोज्ने ठोस प्रतिबद्धता चाहिएको भए पनि अहिलेसम्म त्यो नदेखिएको उहाँको भनाइ छ ।

 

यसैबीच इरानी विदेश मन्त्रालयले वार्तालाई सकारात्मक भन्दै अमेरिकालाई आफ्ना अत्यधिक माग अघि नसार्न आग्रह गरेको छ । इरानले आफ्ना “वैध अधिकार र हित” स्वीकार गर्नुपर्नेमा जोड दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वार्ताको परिणामले खासै फरक नपर्ने टिप्पणी गर्दै ‘जे भए पनि हामी जित्छौँ’ भन्ने प्रतिक्रिया दिनुभएको छ । वार्ताको मुख्य केन्द्रबिन्दु इरानको आणविक कार्यक्रम, हर्मुज जलमार्ग खोल्ने र क्षेत्रीय तनाव अन्त्य गर्ने विषयहरू थिए ।

 

यसै क्रममा अमेरिकी सेनाले हर्मुजमा नौसैनिक गतिविधि बढाएको जनाएको छ, यद्यपि इरानले त्यसलाई अस्वीकार गरेको छ । यस्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानविरुद्धको अभियान अझै नसकिएको सङ्केत दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  उहाँले लेबनानसँग दीर्घकालीन शान्ति सम्झौता चाहेको बताए पनि इरानविरुद्ध ‘अझै धेरै गर्न बाँकी रहेको’ पनि उल्लेख गरेको खबरमा उल्लेख छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानको शान्तिको प्रयासको प्रशंसा गर्दै वार्ताको असफलतामा उनीहरूको कुनै कमजोरी नभएको बताउनुभएको छ । यो ऐतिहासिक वार्ताले संवादको ढोका खुला राखे पनि तत्काल कुनै सहमति नजुट्नुले मध्यपूर्व क्षेत्रमा तनाव कायमै रहने सङ्केत दिएको छ ।

प्रतिकृया दिनुहोस

ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि यसै साता पुनः वार्ता सुरु गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै साता पुनः वार्ता सुरु हुन सक्ने संकेत दिएका छन् । पाकिस्तानको

अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य सकियो : इरान

एजेन्सी । इरानले अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य नरहने बताएको छ।   इरानका सभामुख मोहम्मद बाघेर गालिबाफले युद्धविराम

तत्कालका लागि आक्रमण रोक्न इरानका सर्वोच्च नेता खामेनीको निर्देशन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको दुई हप्ताको युद्धविरामपछि इरानका सर्वोच्च नेता मोजतबा खामेनीले आफ्ना सबै सैन्य इकाइलाई