• बिहीबार ५-११-२०८३/Thursday 08-27-2026

राष्ट्रसङ्घको महासभामा गाजामा युद्धविराम रोक्न माग गरिएको प्रस्ताव बहुमतले पारित

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको महासभामा गाजा क्षेत्रमा युद्धविराम रोक्न माग गरिएको प्रस्ताव बहुमतले पारित भएको छ । यो प्रस्तावमा राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये १५३ राष्ट्रले मत दिएका अल जजिराले जनाएको छ ।


अमेरिका, इजरायल, चेक रिपब्लिक, ग्वाटेमाला, लाइबेरियालगायत १० देशले भने विपक्षमा मतदान गरेका छन् । २३ देशले मतदानमा भाग नै लिएनन् । युद्धविराम रोक्न माग गरिएको प्रस्तावमा इजरायल र हमासको बन्धकमा रहेका सबैलाई तत्काल विना शर्त रिहा गर्न माग गरिएको छ । 


यस्तै, गाजा क्षेत्रका नागरिकको सुरक्षाका लागि सबै पक्षद्वारा अन्तर्राष्ट्रिय कानुनको पालना गर्न पनि प्रस्तावमा भनिएको छ । राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गाजामा भइरहेको युद्ध रोक्नका लागि आग्रह गर्दै आएको छ । 
यसअघि गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले भिटो अर्थात विशेषाधिकार प्रयोग गरेर असफल बनाइदिएको थियो । 


अमेरिकाले गाजामा भइरहेको बमबारीलाई लिएर पहिलो पटक इजरायलको आलोचना गरेको छ । आफूहरुले समर्थन गर्दै आए पनि मानव जीवनको रक्षाका लागि अमेरिकाले इजरायललाई आग्रह गरेको छ ।
 

प्रतिकृया दिनुहोस

ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि यसै साता पुनः वार्ता सुरु गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै साता पुनः वार्ता सुरु हुन सक्ने संकेत दिएका छन् । पाकिस्तानको

इरान र अमेरिकाबीचको शान्ति वार्ता निष्कर्षविहीन

एजेन्सी ।  अमेरिका र इरानबीच पाकिस्तानमा सम्पन्न उच्चस्तरीय शान्ति वार्ताबाट कुनै ठोस सहमति हुन नसकेको बीबीसीले जनाएको छ ।   पाकिस्तानको

अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य सकियो : इरान

एजेन्सी । इरानले अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य नरहने बताएको छ।   इरानका सभामुख मोहम्मद बाघेर गालिबाफले युद्धविराम