• सोमबार ६-२१-२०८१/Monday 10-07-2024

विमल लामाको अध्यक्षतामा नयाँ समिति चयनगर्दै कमेरे उर्जाशील युवा समूहको प्रथम साधारणसभा सम्पन्न

काठमाडौं । कमेरे उर्जाशील युवा समूहको प्रथम साधारणसभा आज (भदौ २ गते) सम्पन्न भएको छ । काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका-०५ ,कमेरे गाउँ निवासी युवाहरूको सकृयतामा यो समूह गत वर्ष साउन १४ गते स्थापना गरिएको  हो। विभिन्न पेशा व्यवसायमा संलग्न करिव ३ दर्जन भन्दा बढी सदस्य रहेको यस समूह युवाहरूमाझ वित्तीय जागरण ल्याउने, स्वरोजगार सिर्जना गर्ने र युवाहरूको अगुवाइमा  सामाजिक-सांस्कृतिक जागरण अभियान सञ्चालन गर्ने उद्धेश्यले स्थापित गरिएको हो । 

 

समूहका संस्थापक अध्यक्ष विमल लामाको अध्यक्षतामा ललितपुरको कुपण्डोलमा आयोजित प्रथम साधारणसभाले स्थापना वर्षको प्रगति प्रतिवेदन माथी समीक्षा गर्नुका साथै आगामी वर्षका लागि नीति तथा  योजना पारित गरेको छ । साधारण सभाले कोषाध्यक्ष सुनिल लामाद्वारा प्रस्तुुत आगामी वर्षको कोष सञ्चालन नीति समेत सर्वसम्मत पारित गरेको छ । 

 

साधारणसभाका प्रमुख अतिथि एवम् सञ्चारकर्मी अमरध्वज लामाले 'सामाजिक आर्थिक रूपान्तरणका लागि युवाहरूको सामुहिक अभ्यास' विषयमा सदस्यहरूलाई प्रशिक्षण दिनु भयो । उहाँले कमेरे गाउँको गरिवी निवारणका लागि समूहले अपनाउनुपर्ने भावी रणनीतिक योजनाका बारेमा चर्चा गर्नु भयो । 

 

कमेरे उर्जाशील युवा समूहले स्थापना वर्षमा सञ्चालित सामुहिक बचत कार्यक्रमबाट अढाइ लाख रकम सङ्कलित गरेिएको छ । कमेरेबाट काठमाडौं आइ विभिन्न पेशा व्यबसायमा आवद्ध युवाहरूले प्रत्येक महिनाको पहिलो शनिवार भेला, छलफल र मासिक वचत कार्यक्रम गर्दै आइरहेका छन् । समूहले गर्भवती महिलाको सुरक्षित सुत्केरी, दुर्घटना तथा आकस्मिक उपचारमा आर्थिक सहयोग प्रवाह गर्दै आएको छ । त्यसैगरी, वैदेशिक रोजगारीमा जाने सदस्यका लागि भैपरी आउने सहयोग तथा अभिमुखीकरण कार्यक्रम समेत गर्दै आएको छ । 

 

शानिवार सम्पन्न प्रथम साधारण सभाले विमल लामाको अध्यक्षतामा एक वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा धनकुमार लामा, पुष्पलाल श्रेष्ठ र विनोद लामा चयन हुनु भएको छ । त्यसैगरी, समूहको सचिवमा सुनिल लामा, सहसचिव त्रिलोक वाइवा र कोषाध्यक्षमा सुनिल लामा (बल) लाई सर्वसम्मत चयन गरिएको छ । 

 

त्यस्तै, सदस्यहरूमा ः धनध्वज लामा, ज्ञानध्वज लामा, सलामसिंह लामा, मदनकुमार लामा, काजिमान लामा, जीवन लामा, रोज तामाङ, सरोज लामा, आकाश लामा, युवराज वाइवा, मोहन लामा, नवाङ लामा, इन्द्रमान तामाङ र आशिक लामा चयन हुनु भएको छ । 

 

त्यसैगरी, सल्लाहकार समितिमा  अमरध्वज लामा, उपेन्द्र विक्रम लामा र साइला वाइवालाई नयाँ कार्यकालका लागि चयन गरिएको छ। 

 

 

दोश्रो पटक अध्यक्ष निर्वाचित लामाले कमेरे गाउँका सबै घरधुरीलाई समूहमा समेट्ने योजना सुनाउनु भयो । उहाँले छिमेकी गाँउहरू बोहोरे, ठोक्रेमा समेत सदस्यता विस्तार गरी गाऊँमा बित्तीय साक्षरता अभियान सञ्चालन गर्ने, स्वरोजगार कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारसँग साझेदारीता गर्ने र युवाहरूलाई नेतृत्व विकास, समूह व्यबस्थापन र सामाजिक जागरणका विषयमा विभिन्न तालिमहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

 

कमेरे उर्जाशील युवा समूहका सह सचिव त्रिलोक वाइवाले सञ्चालन गर्नु भएको साधारण सभामा सल्लाहकार उपेन्द्र लामा र साइला वाइबाले नव निर्वाचित कार्यसमितिलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै समूहको दीर्घजीवनका लागि आवश्यक सुझावहरू राख्नु भयो । 

 

सेतो (कमेरो) माटोको विशाल खानी रहेको कमेरे गाउँ ऐतिहासिक पर्यटकीय तेमाल क्षेत्रको फेदमा अवस्थित छ । विपी राजमार्गमा अवस्थित भकुन्डेवेंशी बजारदेखि करिव ९ किलो मिटर पूर्व र काठमाडौंदेखि करिव ६० किलोमिटर दूरीमा रहेको यो गाउँ  पूर्वाधार विकासमा पछाडि परेकाले यसलाई नमोबुद्ध नगरपालिकाको कर्णाली भनेर भन्ने गरिन्छ । 

 

 

 

 

प्रतिकृया दिनुहोस

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टानबीच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक सङ्घ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबीच रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ

ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य