• सोमबार ६-२१-२०८१/Monday 10-07-2024

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदै

काठमाण्डौ ।  चालु आर्थिक वर्षको मौद्रिक नीति नेपाल राष्ट्र बैंकले आज ल्याउने भएको छ ।


मौद्रिक नीतिबारेमा निर्णय गर्न अहिले संचालक समितिको बैठक बसिरहेको र आज दिउँसो सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अर्थतन्त्रमा देखिएको शिथिलता हटाइ आर्थिक गतिविधि सुधारमा सघाउने र वित्तीय स्थायित्व कायम गर्ने प्रमुख चुनौतीको सामना गर्नुपर्ने छ । 


सुधारका उपलब्धि नबिग्रिने र सम्भव भएसम्म सुस्ताएको आर्थिक गतिविधि चलायमान हुने केही नीतिसहित मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्ष निजी क्षेत्रमा लक्ष्यभन्दा बढी र गत वर्ष लक्ष्यभन्दा धेरै कम कर्जा प्रवाह भएको थियो ।

यस वर्ष राष्ट्र बैंकले निजी क्षेत्रतर्फ कर्जा विस्तारको लक्ष्य १२ देखि १३ प्रतिशत तय गर्ने सम्भावना छ । निजी क्षेत्रले मागे जस्तो लचिलो मौद्रिक नीति ल्याउने बेला नभएकाले आवश्यकता अनुसार नीतिगत दर हेरफेर गर्न सकिने राष्ट्र बैंक स्रोतले जनाएको छ ।  घरजग्गा र सेयर बजारका लागि ठूलै परिवर्तन नगरे पनि अहिले यी क्षेत्रमा कारोबार सुस्ताएकाले के गर्दा तत्कालै सुधार देखिन सक्छ भन्नेबारे छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टानबीच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक सङ्घ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबीच रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ

ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य