हज गर्न जानेलाई ग्लोबल आइएमई बैंकले विदेशी मुद्रा सटहीको सुविधा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२२ को हज यात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुलाई उक्त हज यात्राको लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ ।
बैंकले हजयात्रीहरुको सुविधाका लागि कान्तिपथ, ठमेल, तिनकुने र सिनामङ्गल शाखा कार्यालयहरुबाट साउदी रियालसहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको छ । साथै हजयात्रीहरुलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भएमा मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाखभन्दा बढि ग्राहकलाई सेवाप्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

नेपालको सार्वजनिक ऋण झण्डै २४ खर्ब पुग्यो
काठमाण्डौ । नेपालको सार्वजनिक ऋण झण्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखसम्म

बढ्यो सुनको भाउ, तोलाको १ लाख २६ हजार पुग्यो
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज (आइतबार) अहिलेसम्मकै उच्च तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको छ

माधवकुमार नेपाल समूहकै कारण चुनावमा जानुपरेको हो
काठमाडौँ । यतिखेर मुलुक गणतन्त्र दिवसको पूर्वसन्ध्यामा उभिरहेको छ । कोभिड–१९ को दोस्रो भेरियन्टको महामारीबाट मुलुक गुज्रिरहेको यस परिस्थितिमा
प्रतिकृया दिनुहोस