• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

नेपालको सार्वजनिक ऋण झण्डै २४ खर्ब पुग्यो

काठमाण्डौ । नेपालको सार्वजनिक ऋण झण्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखसम्म नेपालको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । अब नेपालको ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२ दशमलव शून्य दुई प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।

 

कुल ऋणलाई नेपालको अहिलेको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ ले भाग गर्दा हरेक नेपालीको भागमा ८२ हजार एक सय ८८ रुपैयाँभन्दा धेरै ऋण पर्न आउँछ । २३ खर्ब ९७ अर्ब रुपैयाँमध्ये आन्तरिकतर्फ ११ खर्ब ८४ अर्ब र वैदेशिक ऋणको हिस्सा १२ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामै ९८ अर्ब आठ करोड रुपैयाँ ऋण थपिएको छ ।

 

वैशाख महिनामा मात्रै ११ अर्ब ६४ करोड रुपैयाँ ऋण थपिएको कार्यालयले जनाएको छ । समग्रमा यो वर्षको १० महिनामा सरकारले दुई खर्ब ६४ अर्ब रुपैयाँ ऋण लिएको छ । यो वर्षभरिमा सरकारले चार खर्ब ५२ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेको छ ।

 

यस्तै १० महिनामा सरकारले दुई खर्ब ३३ अर्ब रुपैयाँ साँवा र ब्याज भुक्तानी गरेको छ । साउनदेखि वैशाखसम्म एक खर्ब ६६ अर्ब रुपैयाँ सावाँ र ६६ अर्ब ७२ करोड रुपैयाँ ब्याज भुक्तानी गरिएको कार्यालयले जनाएको छ । यो वर्ष सरकारले ऋण तिर्नका लागि तीन खर्ब ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिकृया दिनुहोस

बढ्यो सुनको भाउ, तोलाको १ लाख २६ हजार पुग्यो 

काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज (आइतबार) अहिलेसम्मकै उच्च तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको छ

हज गर्न जानेलाई ग्लोबल आइएमई बैंकले विदेशी मुद्रा सटहीको सुविधा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२२ को हज यात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुलाई उक्त हज यात्राको लागि आवश्यक पर्ने

माधवकुमार नेपाल समूहकै कारण चुनावमा जानुपरेको हो 

काठमाडौँ  । यतिखेर मुलुक गणतन्त्र दिवसको पूर्वसन्ध्यामा उभिरहेको छ । कोभिड–१९ को दोस्रो भेरियन्टको महामारीबाट मुलुक गुज्रिरहेको यस परिस्थितिमा