टी-२० विश्वकप ग्लोबल छनोट : नेपालको दोस्रो हार
काठमाण्डौ । घरेलु मैदानमा जारी आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । टीयु क्रिकेट मैदानमा आज भएको खेलमा खेलमा नेपाल नेदरल्यान्डससँग २ रनले पराजित भयो ।
नेदरल्यान्डसले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । रुबिना क्षेत्री ३७ र सीता रानामगर २७ रनमा अविजित रहे पनि जितका लागी पर्याप्त हुन सके । बलिङमा नेदरल्यान्ड्सकी इसाबेल भान डर वोनिङले सर्वाधिक ३ विकेट लिइन् ।
त्यसअघि टीयु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । बलिङमा नेपालकी रुबिना क्षेत्रीले सर्वाधिक २ विकेट लिइन् ।यसअघि भएको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।
एएफसी यू-२० महिला एशियन कप छनोट : नेपालले साउदी अरेबियालाई हरायो
काठमाण्डाै । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले साउदी अरेबियालाई हराएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपालले
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप : नेपालले आज भुटानसँग खेल्दै
काठमाण्डौ – बङ्गलादेशमा हुने २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप २०२५ आजदेखि शुरू हुँदैछ । खेल बङ्गलादेशको बसुन्धारा किङ्स एरेनामा नेपाली
नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा
काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनल म्याचमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान
.jpeg)





प्रतिकृया दिनुहोस