• बिहीबार ४-१४-२०८३/Thursday 07-30-2026

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप : नेपालले आज भुटानसँग खेल्दै

काठमाण्डौ – बङ्गलादेशमा हुने २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप २०२५ आजदेखि शुरू हुँदैछ । खेल बङ्गलादेशको बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरू हुनेछ ।

 

यो उमेर समूहमा नेपाल र भुटान दोस्रोपल्ट आमनेसामने हुन लागेका हुन् । दुई वर्षअघि बङ्गलादेशमै भएको प्रतियोगितामा भुटानमाथि नेपालले ४–० को एकतर्फी जीत निकालेको थियो ।

 

प्रतियोगितामा बङ्गलादेश, नेपाल, भुटान, र श्रीलङ्काबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगीतामा हरेक टोलीले एक–अर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन । लिग चरणको अन्त्यमा सबैभन्दा धेरै अङ्क ल्याउने टोलीलाई विजेता घोषित गरिनेछ ।

 

नेपालले आज भुटानसँग, पर्सि आइतवार बङ्गलादेशसँग, असार ३२ गते र साउन १ गते श्रीलङ्कासँग, साउन ३ गते भुटानसँग, साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

टी-२० विश्वकप ग्लोबल छनोट : नेपालको दोस्रो हार

काठमाण्डौ । घरेलु मैदानमा जारी आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । टीयु क्रिकेट मैदानमा आज

एएफसी यू-२० महिला एशियन कप छनोट : नेपालले साउदी अरेबियालाई हरायो

काठमाण्डाै ।  एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले साउदी अरेबियालाई हराएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपालले

नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा

काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनल म्याचमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान