• बिहीबार ४-१४-२०८३/Thursday 07-30-2026

प्रदेशलाई बलियो बनाउनुपर्छ : बालेन्द्र शाह

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले सङ्घीयतालाई बलियो बनाउन प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

 

काठमाण्डौ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर हिजो जनकपुर पुगेका नेता शाहले आज आयोजित परिवर्तन उद्घोष सभामा प्रदेश संरचना बलियो बनाउनुपर्ने बताउनुभएको हो ।

 

रास्वपालाई सङ्घीयताप्रतिको धारणा के हो भनेर काठमाण्डाैमा सोधिने गरेको भन्दै उहाँले  वीरगञ्जको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नका लागि काठमाण्डाै जानुपर्ने बाध्यता अन्त्य गरे मात्र प्रदेश बलियो हुने बताउनुभयो । शाहले भन्नुभयो, ‘काठमाण्डाै अधिकार माग्न हैन, पशुपति र स्वयम्भूनाथ घुम्न जाने हो ।’

 

रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन झापा–५ बाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनसहितका नेताहरूको उपस्थितिमा रास्वपाले मधेश केन्द्रित सभा आयोजना गरेको हो ।

 

सभामा आक्रामक भाषण गरेका रास्वपा नेता अमरेशकुमार सिंहले मधेशीले प्रधानमन्त्री बन्ने अवसर आएको दाबी गर्नुभयो । यसअघि स्वतन्त्र सांसद रहेका सिंह आजै रास्वपा प्रवेश गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाण्डौ । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।   हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना सडकखण्ड अवरुद्ध

काठमाडौँ महानगरपालिकाद्वारा नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवा गरेको छ ।   बिहीबार सार्वजनिक सूचना

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

काठमाण्डौ ।  सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ