• आइतबार २-६-२०८१/Sunday 05-19-2024

युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल

एजेन्सी ।  इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्धविरामका लागि भएको वार्ता असफल भएको छ ।

इजिप्टमा भएको वार्तामा दुवै पक्षले एकअर्काप्रति आरोप– प्रत्यारोप लगाउन थालेपछि विना निष्कर्ष टुङ्गिएको हो । वार्ता बिथोलिनुमा दुवैले एकअर्कालाई आरोप लगाएका बीबीसीले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासका नेताका कारण वार्ताले गति नलिएको आरोप लगाउनुभयो । गाजामा युद्धविराम र इजरायली बन्धकलाई रिहा गर्ने उद्देश्यले मध्यस्थकर्ताको पहलमा इजिप्टको राजधानी कायरोमा वार्ता भएको थियो ।

यसैबीच वार्ता निष्कर्षविहीन भएलगत्तै इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा रकेट आक्रमण भएको छ । गाजा क्षेत्रबाट भएको आक्रमणमा आफ्ना तीन सैनिक मारिएका र केही घाइते भएका इजरायलले जनाएको छ ।

प्रतिकृया दिनुहोस

इजरायली प्रधानमन्त्री नेतान्याहूमाथि बाँकी बन्धक छुटाउन दबाब

एजेन्सी ।  इजरायली सेनाले गाजामा अर्का एक बन्धकको पनि शव भेटिएको बताएको छ । गाजामा खोज तथा कारबाहीका क्रममा ५३ वर्षका रोन वेन्जामिनको शव भेटिएको

नासाको 'सुपरसोनिक एक्स' विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी अन्तरिक्ष निकाय (नासा) को 'सुपरसोनिक एक्स–५९' विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ । नासाका स्वतन्त्र विशेषज्ञ मिलेर

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

काठमाण्डौ । अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय बैंकको लक्ष्य ब्यान्डमा फर्किने सरकारको प्रक्षेपण छ । ट्रेजरीले