• आइतबार २-६-२०८१/Sunday 05-19-2024

रेशम चौधरीको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाण्डौ रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।

 

आज  सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

 

जेलबाटै नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गरी गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट चौधरीे सर्वसम्मतीले अध्यक्षमा चयन हुनुभएको थियो । उहाँ अध्यक्षमा निर्वाचन भएको अध्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकार गरेको थियो ।

 

त्यस्तै, निर्वाचन आयोगले नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ नै भएको ठहर गरेको थियो । आयोगको सोही निर्णयविरुद्ध चौधरीले सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

बागमती प्रदेश सभामा चार समितिको सभापति निर्विरोध निर्वाचित

बागमती प्रदेश सभा अन्तर्गत रहेका पाँच वटा विषयगत समितिमध्ये चार वटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।    शनिबार बसेको

सहकारी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुट्यो

काठमाण्डौ । शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ।   शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल

संसदको गतिरोध हटाउन दलहरुको पहल, छलफलमा जुट्दै

काठमाण्डौ ।  संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् ।   भोलि बिहान ११ बजे बैठक बस्नुअघि सहमति जुटाउन नेताहरुले थप पहल गरेका छन् ।