• आइतबार २-६-२०८१/Sunday 05-19-2024

इमर्जिङ टिम्स एसिया कपबाट नेपाल बाहिरियो

काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपालले खराब प्रदर्शन गरेको छ । नेपाललाई चार विकेटले हराउँदै हङकङ एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । नेपालले दिएको एक सय ४० रनको लक्ष्य हङकङले १९ दशमलब तीन ओभरमा छ विकेट गुमाएर भेट्टाएको थियो । 

 

हङकङका लागि अशुंमान रथले अविजित ६५ रन बनाए । यस्तै बाबर हयातले २६ रन बनाए । नेपालका लागि सोमपाल कामीले तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए ।

 

यसअघि ओमानको अल अमिरात मैदानमो टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले अविजित ४४ रन बनाए । यस्तै सन्दीप जोराले २२, रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुल्सन झाले छ, आशिफ शेखले पाँच, करण केसीले तीन र ललित राजवंशीले दुई रन बनाए । हङकङका आयुष शुक्लाले तीन विकेट लिए ।

 

हिजो यूएईसँगको खेलमा पहिलो बलमै आउट भएका कुशल भुर्तेल आज पनि एक रन पनि नजोडी आउट भए । हिजो यूएईसँगको खेलमा पनि नेपालले खराब ब्याटिङ गर्दै जम्मा एक सय २० रनको लक्ष्य दिएको थियो र छ विकेटले पराजित भएको थियो ।

 

एशिया कपका लागि छनोट नभएको नेपालले आजको हारसँगै इमर्जिङ टिम्स एसिया कप पनि गुमाएको छ । पहिलो, दोस्रो र तेस्रो हुने टोली मात्रै इमर्जिङ टिम्स कप खेल्न पाउने भएकोले हङकङ छनोट भएको हो । घरेलु टोली ओमान र यूएई भने प्रिमियर कपको फाइनल प्रवेशसँगै इमर्जिङ टिम्स एसिया कपमा पुगिसकेका छन् । 

प्रतिकृया दिनुहोस

ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई

काठमाण्डौ ।  ललितपुर मेयर्स कप महिला टि–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।   आज भएको फाइनल खेलमा एपीएफले

आईसिसी टी–२० विश्वकपअघि नेपालले खेल्ने वार्मअप खेलको तालिका सार्वजनिक

काठमाण्डौ । आईसिसी टी–२० विश्वकपअघि नेपालले खेल्ने  वार्मअप खेलको तालिका सार्वजनिक भएको छ ।   नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र

ललितपुर मेयर्सकप टी–२० क्रिकेटमा ललितपुर मेयर्स–११ को विजयी सुरुवात

काठमाणडौ । आयोजक ललितपुर मेयर्स–११ ले ललितपुर मेयर्सकप टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।   त्रिवि क्रिकेट मैदान