• आइतबार २-६-२०८१/Sunday 05-19-2024

तेस्रो स्थानको खेलमा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

काठमाण्डौ । एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेलमा नेपालले जितका लागि हङकङलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ ।

 

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय ३९ रन बनाएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाउनुभयो ।

 

सन्दीप जोराले २२, कप्तान रोहितकुमार पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुलशन झाले ६ र आशिफ शेखले पाँच रन बनाउनुभयो । ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट हुनुभयो । उहाँ यस प्रतियोगितामा लगातार तेस्रो पटक शुन्य रनमा आउट हुनुभएको हो । यस्तै करण केसीले ३ र ललित राजवंशीले दुई रन बनाउनुभयो ।

 

बलिङमा हङकङका आयुश शुक्लाले तीन विकेट लिदाँ अतिक्वी इकबल, यासिम मु्र्ताजा र इशान खानले एक एक विकेट लिनुभयो । एसिया कप छनोटबाट बाहिरिएको नेपालले हङकङलाई हराएमा एसीसी इमर्जिङ एशिया कपमा छनोट हुनेछ । इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र अफगानिस्तान ‘ए’ टोलीको सहभागिता रहनेछ ।

 

प्रतियोगितामा नेपाल र हङकङ समूह चरणमा एकअर्कासंग खेलिसकेका छन् । नेपालले समूह चरणको खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई

काठमाण्डौ ।  ललितपुर मेयर्स कप महिला टि–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।   आज भएको फाइनल खेलमा एपीएफले

आईसिसी टी–२० विश्वकपअघि नेपालले खेल्ने वार्मअप खेलको तालिका सार्वजनिक

काठमाण्डौ । आईसिसी टी–२० विश्वकपअघि नेपालले खेल्ने  वार्मअप खेलको तालिका सार्वजनिक भएको छ ।   नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र

ललितपुर मेयर्सकप टी–२० क्रिकेटमा ललितपुर मेयर्स–११ को विजयी सुरुवात

काठमाणडौ । आयोजक ललितपुर मेयर्स–११ ले ललितपुर मेयर्सकप टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।   त्रिवि क्रिकेट मैदान