• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

वर्तमान सरकारलाई एमालेले साथ दिन तयार छ : शंकर पोखरेल

काठमाण्डौ । सत्तारुढ प्रमुख दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताउनुभएको छ ।

 

मुलुकलाई आरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोहोर्‍याउने कुरा नै एमालेको प्राथमिकताको विषय भएकाले राम्रो काम गर्दासम्म वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेकोे महासचिव पोखरेलको स्पष्टिकरण थियो । उहाँले आलोपालो प्रधानमन्त्री भन्ने कुरामा नभई आफ्नो पार्टी राष्ट्र र जनताको भविष्यप्रति चिन्तित रहेको र त्यसैमा जोड दिएर अघि बढ्ने नीतिगत दृष्टिकोण बनाएको डोहोर्‍याउनुभयो ।

 

शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा महासचिव पोखरेलले एमालेमा सत्ताका लाागि लालयित नभएको जिकिर गर्दै मुलुकलाई सही बाटोमा डोहोर्‍याउने संकल्पका साथ नयाँ सत्तासमिकरण बनाएको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा लोकतन्त्र र परिवर्तनमाथि संकट आईपरे एमालेले काँग्रेससँग पनि मिलेर काम गर्ने मान्यता राखेको बताउनुभयो ।

 

महासचिव पोखरेलले राष्ट्रको भविष्यलाई ध्यानमा राखेर एमालेले नयाँ सत्तासमिकरण बन्दा पनि महत्वपूर्ण मन्त्रालय लिने कुरामा अडान नराखेको बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

लोकतान्त्रिक आन्दोलनहरूमा प्रेसको धेरै ठूलो योगदान दिएको छ : राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा

सहकारीको रकम अपचलनको विषयको निष्पक्ष छानबिन गर्न राप्रपाको माग

काठमाण्डौ । राप्रपाले प्रतिनिधिसभा सदस्य गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषयको छानबिन गर्न माग राखेको छ । पार्टीकी सांसद

एमाले अध्यक्ष ओली पार्टीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न परासी जानुहुँदै 

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पार्टीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न नवलपरासी जाँदै हुनुहुन्छ । उहाँ भैरवहाबाट हुलाकी सडक