• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

केन्यामा हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुखसहित १० जना वरिष्ठ कमाण्डरको ज्यान गयो

केन्यामा हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको ज्यान गएको छ । केन्याका राष्ट्रपति विलियम रुटोले देशको उत्तर–पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा उनीहरूको ज्यान गएको बताउनुभएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

 

एउटा प्राथमिक विद्यालयबाट उडेको हेलिकप्टर स्थानीय समयअनुसार दिउँसो २ बजेर २० मिनेटमा तल खसेर आगलागी भएको थियो । सेना प्रमुखसहितका कमाण्डरहरू समस्याग्रस्त क्षेत्रका डाकुहरूसँग लड्न तथा चलिरहेको विद्यालय नवीकरण कार्यको निरीक्षण गर्न खटिएका सेनाहरूलाई भेट्न गएका थिए ।

 

राष्ट्रपति रुटोले केन्यामा आजदेखि तीन दिनका लागि शोक मनाउने घोषणा गर्नुभएको छ ।
 

प्रतिकृया दिनुहोस

चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी रहेको पाइयो

चन्द्रमामा सोचेभन्दा धेरै पानी रहेको पाइएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले गरेको अध्ययनअनुसार चन्द्रमामा पाँचदेखि आठ गुणा बढी पानी

प्यालेस्टिनी विद्रोही समूह हमासलाई द्धविराम सम्झौता स्वीकार गर्न अमेरिकी विदेशमन्त्रीको आग्रह

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता शुरु गर्दै प्यालेस्टिनी विद्रोही समूह हमासलाई युद्धविराम सम्झौता

गाजा : इजरायलका प्रधानमन्त्री नेतान्याहुको दक्षिणी रफाहमा आक्रमण नरोक्ने चेतावनी

हमास लडाकु समूह र इजरायबीच युद्धविराम र बन्धक रिहाइका लागि मध्यस्तकर्ताको पहल भइरहेका बेला इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी