• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन धरौटीमा रिहा

काठमाण्डौ । बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ परेको पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटीमा रिहा भएका छन् ।

 

रुपन्देही जिल्ला जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद उप्रेतीको इजलासले दिपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । इजलाशले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेश दिएको छ ।

 

अदालतले दीपेश पुनबाट ४ लाख, नविन अछामीबाट १० लाख, लिला चापागाईंबाट १८ लाख, दीपक न्यौपानेबाट ४ लाख ४५ हजार, निता थापा मगरबाट २ लाख र रोशनी गुरुङबाट २ लाख धरौटी माग गरेको रुपन्देही जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाण्डौ । आज (शुक्रबार) ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस

पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा तीन जनाले पाए सफाइ

काठमाण्डौ । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापासहित तीन जनालाई सफाइ

ललितपुरको वनमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको पनि मृत्यु

काठमाण्डौ । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलमा रहेको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको पनि उपचारका