• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

एसीसी प्रिमियर कपअन्तर्गतको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको छ । 

 

नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य यूएईले १७ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टाएको थियो । यूएईका अलिशान शरफुले नट आउट ५५ रन बनाए । नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए ।

 

ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । नेपालका सन्दीप जोराले ४० बलमा अर्धशतक बनाए । उनी ५० रन बनाएर आउट भए । 

 

यस्तै गुल्सन झाले २० र करण केसीले १७ रन बनाए । यसैगरी कुशल भुर्तेल पहिलो बलमै आउट भए । अन्य ५ जना ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

 

यूएईका जुनैद सिद्दिकी, अली नसीर र बसिल हमीदले समान २ विकेट लिए ।

 

एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा आजै ओमान र हङकङ खेल्दैछन् । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । तेस्रो स्थानको खेल भोलि       
(शनिबार) र फाइनल खेल आइतबार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।
 

प्रतिकृया दिनुहोस

चौथो खेलमा नेपाल २८ रनले पराजित, वेस्ट इन्डिज एले जित्यो शृंखला

काठमाण्डाै । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ ।   वेस्ट इन्डिज ‘ए’ ले दिएकाे २

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो टी–२० क्रिकेट आज हुँदै

काठमाण्डौ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ ।   यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु

टी–२० विश्वकपका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ट्वान्टी–२० विश्वकपअगाडि सबै खेलाडीबारे जानकारी लिन पनि वेस्ट इण्डिज