• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

काठमाण्डौ ।  पाँच वर्ष मुनिका हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ ।

 

आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।

 

सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ । भिटामिन ‘ए’ झण्डै ३२ लाख बालबालिका र जुकाको औषधि झण्डै २९ लाख बालबालिकालाई खुवाइने लक्ष्य रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी दिनुभयो ।

 

सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

प्रतिकृया दिनुहोस

जोखिम नमोली परिणाम प्राप्त हुँदैन : अर्थमन्त्री पुन

काठमाण्डाै । अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेटबारे पूर्वप्रशासक र विज्ञहरूसँग सुझाव लिनुभएको छ । मन्त्री पुनले पूर्वअर्थसचिव,

एक महिनामा २०८१ जनालाई रोजगारीमा जोड्ने महानगरपालिकाको लक्ष्य

काठमाण्डौ । आजदेखि काठमाण्डौमा सीप मेला सुरु हुँदैछ । काठमाण्डौ महानगरपालिकाले टुँडिखेलमा मेलाको आयोजना गरेको हो । उपमेयर सुनिता डंगोलकाअनुसार

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाण्ठौ ।   इलाम २ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।   नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी