• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

 

सोडारीलाई नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ पक्ष र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ । प्रदेश प्रमुख नजिर मियाँले आजसम्मको लागि दलहरूलाई दाबी पेश गर्ने समय दिनुभएको थियो ।

 

यसअघि एमालेले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन नसकिने बताएपछि कांग्रेसले एकीकृत समाजवादीलाई समर्थन गर्ने बताएको थियो । यो विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुराकानी पनि भएको थियो ।

 

देउवाले वैकल्पिक गठबन्धन बनाउनको लागि नेपाली कांग्रेस एकीकृत समाजवादीलाई सघाउन तयार रहेको बताउनुभएको थियो । तर सुदूरपश्चिममा सत्ता गठबन्धन भत्किएमा अरू प्रदेश र केन्द्रसम्म धक्का लाग्ने भएकाले एमालेले मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन गर्ने निर्णय गरेको हो ।

 

यसअघि एकीकृत समाजवादीले कांग्रेस, राप्रपासँग सहकार्य गरेर नागरिक उन्मुक्तिका रेशम पक्षधर सांसद लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । यस्तै माओवादी, एमाले र नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ पक्षले कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेका थिए ।

प्रतिकृया दिनुहोस

जोखिम नमोली परिणाम प्राप्त हुँदैन : अर्थमन्त्री पुन

काठमाण्डाै । अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेटबारे पूर्वप्रशासक र विज्ञहरूसँग सुझाव लिनुभएको छ । मन्त्री पुनले पूर्वअर्थसचिव,

एक महिनामा २०८१ जनालाई रोजगारीमा जोड्ने महानगरपालिकाको लक्ष्य

काठमाण्डौ । आजदेखि काठमाण्डौमा सीप मेला सुरु हुँदैछ । काठमाण्डौ महानगरपालिकाले टुँडिखेलमा मेलाको आयोजना गरेको हो । उपमेयर सुनिता डंगोलकाअनुसार

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाण्ठौ ।   इलाम २ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।   नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी