• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

इरानले इजरायलमा गरेको आक्रमणपछिको मध्यपूर्वको अवस्थाबारे अमेरिका र इराकबीच छलफल

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले मध्य–पूर्वको सुरक्षालाई लिएर इराकका उपप्रधानमन्त्री मोहम्मद अली तमिमसँग छलफल गर्नुभएको छ ।

 

इरानले गएको शनिवार इजरायलमाथि गरेको आक्रमणलाई लिएर अमेरिकी विदेशमन्त्री र इराकका उपप्रधानमन्त्रीबीच छलफल भएको बीबीसीले जनाएको छ । विदेशमन्त्री ब्लिन्कनले उपप्रधानमन्त्री तमिमसँग अमेरिकाले इरानसँग तनाव बढाउन नचाहेको तर इजरालयको पक्षमा रहेको बताउनुभएको खबरमा उल्लेख छ । तमिमले आफ्नो सरकारको तर्फबाट मध्य–पूर्व क्षेत्रलाई युद्धतर्फ धकेल्ने र अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा खतरा देखिएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

 

इरानले शनिवार राति इजरायलमाथि झन्डै तीन सय वटा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो । इजरायलले भने इरानले प्रहार गरेको झन्डै ९९ प्रतिशत ड्रोन र क्षेप्यास्त्र विफल बनाएको दाबी गरेको छ । गएको अप्रिल १ मा सिरियाको दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले क्षेप्यास्त्र आक्रमण गरेर दुई जना इरानी कमाण्डरसहित १३ जनाको हत्या गरेपछि त्यसको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो । 

प्रतिकृया दिनुहोस

चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी रहेको पाइयो

चन्द्रमामा सोचेभन्दा धेरै पानी रहेको पाइएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले गरेको अध्ययनअनुसार चन्द्रमामा पाँचदेखि आठ गुणा बढी पानी

प्यालेस्टिनी विद्रोही समूह हमासलाई द्धविराम सम्झौता स्वीकार गर्न अमेरिकी विदेशमन्त्रीको आग्रह

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता शुरु गर्दै प्यालेस्टिनी विद्रोही समूह हमासलाई युद्धविराम सम्झौता

गाजा : इजरायलका प्रधानमन्त्री नेतान्याहुको दक्षिणी रफाहमा आक्रमण नरोक्ने चेतावनी

हमास लडाकु समूह र इजरायबीच युद्धविराम र बन्धक रिहाइका लागि मध्यस्तकर्ताको पहल भइरहेका बेला इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी