• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

आज चैते दशैँ मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाण्डाै । आज चैते दशैँ पर्व मनाइँदैछ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ ।

 

आज देशभरका शक्तिपीठ एवम् देवीका मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । काठमाण्डौ उपत्यकाका देवी मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । हनुमानढोकामा आज विशेष पूजा गरिन्छ ।

 

यस्तै भोलि बुधवार नवमीको दिन श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमी मनाउने गरिन्छ । रामनवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

 

वर्षमा चार वटा नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैँ मनाउने गरिन्छ ।

 

चैते दशैँको अवसरमा आज गण्डकी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिकृया दिनुहोस

जोखिम नमोली परिणाम प्राप्त हुँदैन : अर्थमन्त्री पुन

काठमाण्डाै । अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेटबारे पूर्वप्रशासक र विज्ञहरूसँग सुझाव लिनुभएको छ । मन्त्री पुनले पूर्वअर्थसचिव,

एक महिनामा २०८१ जनालाई रोजगारीमा जोड्ने महानगरपालिकाको लक्ष्य

काठमाण्डौ । आजदेखि काठमाण्डौमा सीप मेला सुरु हुँदैछ । काठमाण्डौ महानगरपालिकाले टुँडिखेलमा मेलाको आयोजना गरेको हो । उपमेयर सुनिता डंगोलकाअनुसार

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाण्ठौ ।   इलाम २ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।   नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी