• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

 

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेअनुसार आज राति १२ बजेदेखि हिउँदे अधिवेशनको अन्त्य हुँदैछ । गएको माघ २२ गतेदेखि संसद्को हिउँदे अधिवेशन शुरु भएको थियो ।

 

यसबीचमा सङ्घीय संसद्ले तीन वटा विधेयक मात्र पारित गरेको छ । प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका २० वटा बैठक बस्दा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक मात्र पारित भएका छन् ।

प्रतिकृया दिनुहोस

लोकतान्त्रिक आन्दोलनहरूमा प्रेसको धेरै ठूलो योगदान दिएको छ : राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा

सहकारीको रकम अपचलनको विषयको निष्पक्ष छानबिन गर्न राप्रपाको माग

काठमाण्डौ । राप्रपाले प्रतिनिधिसभा सदस्य गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषयको छानबिन गर्न माग राखेको छ । पार्टीकी सांसद

एमाले अध्यक्ष ओली पार्टीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न परासी जानुहुँदै 

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पार्टीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न नवलपरासी जाँदै हुनुहुन्छ । उहाँ भैरवहाबाट हुलाकी सडक