• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

आज उत्तर अमेरिकाको म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्दै

एजेन्सी । आज उत्तर अमेरिकाको म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्दैछ ।

 

दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्ने भएकाले त्यस क्षेत्रका मानिसले आफ्नो जीवनकै दुर्लभ दृश्य देख्न पाउने छन् ।  एशियाका अरु देशबाट भने यसपालि खग्रास सूर्यग्रहण देखिने छैन ।

 

सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ । खग्रास ग्रहणका समयमा केही सेकेन्ड अथवा कहिलेकाहीँ केही मिनेट आकाश पूरै अँध्यारो हुन्छ र रात परे जस्तो देखिन्छ । आज खग्रास सूर्यग्रहण प्रशान्त महासागरमा शुरु हुने बीबीसीले जनाएको छ ।

 

पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा सूर्य र पृथ्वीको बीचमा पुगेको अवस्थामा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकिदिन्छ र त्यसको छायाँ पृथ्वीमा पर्छ । चन्द्रमाले पृथ्वीमा जाने सूर्यको प्रकाश पूरै छेक्न सक्ने गरी तीनवटै सीधा रेखामा परेको अवस्थामा सूर्यमा खग्रास ग्रहण लाग्छ ।

 

नासाका अनुसार ‘खगोलीय संयोगका कारण मात्र खग्रास सूर्यग्रहण सम्भव’ हुन्छ । किनभने सूर्य चन्द्रमाभन्दा ४ सय गुना ठूलो हुनुका साथै दूरीका हिसाबमा ४ सय गुणा टाढा छ ।

प्रतिकृया दिनुहोस

चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी रहेको पाइयो

चन्द्रमामा सोचेभन्दा धेरै पानी रहेको पाइएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले गरेको अध्ययनअनुसार चन्द्रमामा पाँचदेखि आठ गुणा बढी पानी

प्यालेस्टिनी विद्रोही समूह हमासलाई द्धविराम सम्झौता स्वीकार गर्न अमेरिकी विदेशमन्त्रीको आग्रह

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता शुरु गर्दै प्यालेस्टिनी विद्रोही समूह हमासलाई युद्धविराम सम्झौता

गाजा : इजरायलका प्रधानमन्त्री नेतान्याहुको दक्षिणी रफाहमा आक्रमण नरोक्ने चेतावनी

हमास लडाकु समूह र इजरायबीच युद्धविराम र बन्धक रिहाइका लागि मध्यस्तकर्ताको पहल भइरहेका बेला इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी