• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले भारत भ्रमण गर्ने

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले भारतको आसन्न लोकसभा चुनाव सम्पन्न भएपछि भारतको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । 

 

प्रधानमन्त्री हसिनाले चुनावपछि भारत भ्रमण गर्ने जानकारी बङ्गलादेशका विदेश मन्त्री हसन महमुदले बताउनुभएको छ । उहाँका अनुसार भ्रमणको आधिकारिक मिति भने अझै तय भइसकेको छैन ।

 

प्रधानमन्त्री हसिनाको भारत भ्रमण जुन महिनामा हुने भनी गरिएका अनुमानबिच यस्तो घोषणा आएको हो । बङ्गलादेशको पछिल्लो आमनिर्वाचनबाट प्रधानमन्त्रीमा नियुक्त भएपछि हसिनाको पहिलो औपचारिक विदेश यात्रा हुनेछ ।

 

भ्रमणले द्विपक्षीय सम्बन्धको सुदृढीकरणलाई जोड दिँदै व्यापार, सुरक्षा, क्षेत्रीय सहयोग लगायत विभिन्न पक्षमा सहकार्य गर्दै कूटनीतिक सम्बन्ध प्रगाढ बन्ने विश्वास लिइएको छ । 

 

बङ्गलादेश र भारतबिचको सम्बन्धको रणनीतिक महत्त्वलाई ध्यानमा राख्दै भ्रमणले आपसी हितका विभिन्न द्विपक्षीय तथा क्षेत्रीय मुद्दाहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

 

भ्रमणको तयारीका बारेमा समाचार सार्वजनिक भएसँगै बङ्गलादेश र भारत बिचको साझेदारीमा प्रगतिशील आयाम थपिने विश्वास दुवै देशका शुभचिन्तकले व्यक्त गरेका छन् । रासस/एएनआई

प्रतिकृया दिनुहोस

चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी रहेको पाइयो

चन्द्रमामा सोचेभन्दा धेरै पानी रहेको पाइएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले गरेको अध्ययनअनुसार चन्द्रमामा पाँचदेखि आठ गुणा बढी पानी

प्यालेस्टिनी विद्रोही समूह हमासलाई द्धविराम सम्झौता स्वीकार गर्न अमेरिकी विदेशमन्त्रीको आग्रह

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता शुरु गर्दै प्यालेस्टिनी विद्रोही समूह हमासलाई युद्धविराम सम्झौता

गाजा : इजरायलका प्रधानमन्त्री नेतान्याहुको दक्षिणी रफाहमा आक्रमण नरोक्ने चेतावनी

हमास लडाकु समूह र इजरायबीच युद्धविराम र बन्धक रिहाइका लागि मध्यस्तकर्ताको पहल भइरहेका बेला इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी