• बिहीबार ५-११-२०८३/Thursday 08-27-2026

काठमाण्डौ महानगरमा आजदेखि खैनी र सुर्तीजन्य पदार्थलाई पूर्ण प्रतिबन्ध : बजार अनुगमन हुने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले खैनी र सुर्तीजन्य पदार्थ खान र यसको बिक्रीमा पूर्ण रोक लगाउन आजदेखि अनुगमन गर्ने भएको छ ।


आजदेखि नगर प्रहरी खटाइने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरले पहिलो चरणमा ५० जना नगरप्रहरी र सादा पोसाकका प्रहरी परिचालन गर्नेछ । कसैले सुर्ती तथा खैनी बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही हुनेछ ।


सबै पसलमा अनुगमन गर्ने र अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ भेटिए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटिएमा पसल नै बन्द गर्ने प्रवक्ता मानन्धरले बताउनुभयो  ।


यस्तै, सार्वजनिक ठाउँमा चुरोट खाएको पाइए सय रुपैयाँसम्म जरिबाना गराउने प्रवक्ता मानन्धरले बताउनुभयो । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइकासाथ कार्यान्वयन गर्न लागिएको हो ।


रोग लागिसकेपछि लाखौँ रुपैयाँ खर्च गर्नुको साटो रोगै लाग्न नदिनु उत्तम भएकाले महानगरले यो नियम कडाइकासाथ लागू गर्ने महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख पौडेलको दाबी छ ।
 

प्रतिकृया दिनुहोस

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ

कोशी र बागमती प्रदेशका पहाडी/हिमाली भूभाग तथा मधेस प्रदेशका केही ठाउँमा मध्यम वर्षा

काठमाण्डौ ।   बिहानैदेखि देशका पश्चिमी भू-भागमा पानी पर्न शुरु भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई भूभागमा हल्कादेखि मध्यम

मन्त्रिपरिषद बैठक : इन्धन करमा ५० प्रतिशत छुट

काठमाण्डौ । सरकारले इन्धन करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।   आज बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने