कोशी र बागमती प्रदेशका पहाडी/हिमाली भूभाग तथा मधेस प्रदेशका केही ठाउँमा मध्यम वर्षा
काठमाण्डौ । बिहानैदेखि देशका पश्चिमी भू-भागमा पानी पर्न शुरु भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
डडेलधुरा, डोटी, अछाम, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, सल्यान, बाँके, बर्दिया, दाङ, रोल्पा, प्युठान लगायत ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसोपछि यो प्रणाली काठमाण्डौ उपत्यका आइपुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिना र हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु प्रवाहको प्रभावले मौसमी गतिविधि सक्रिय बन्दै गएको छ । यसको असर पश्चिम नेपालमा बढी देखिन्छ ।
यस्तै कोशी र बागमती प्रदेशका पहाडी/हिमाली भूभाग तथा मधेस प्रदेशका केही ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी/हिमाली भूभागका एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपात हुने सम्भावना छ ।
यसैगरी मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हावाहुरी पनि पर्ने सम्भावना छ । भोलि पनि कोशी प्रदेशका केही पहाडी/हिमाली क्षेत्र र मधेसका एक/दुई ठाउँमा मेघ गर्जन, चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ
मन्त्रिपरिषद बैठक : इन्धन करमा ५० प्रतिशत छुट
काठमाण्डौ । सरकारले इन्धन करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २५ वर्ष : ८१ कार्यपत्रसहित ‘ज्ञान सम्मेलन’ हुँदै
काठमाडौँ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती भव्य रूपमा मनाउने भएको छ। यसै ऐतिहासिक
.jpeg)





प्रतिकृया दिनुहोस