अमेरिका–इरान युद्धविराम सम्झौतालाई नेपाल सरकारको स्वागत
काठमाण्डौ । सरकारले अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ ।
परराष्ट्र मन्त्रालयले हिजो प्रेस विज्ञप्ति जारी गरेर दुई साताका लागि युद्धविराम गर्ने सहमति हुनु पश्चिम एसियाको तनाव घटाउने सकारात्मक कदम भएको बताएको छ । यसले संवाद, कूटनीति र मतभेदको शान्तिपूर्ण समाधानका लागि अवसर सिर्जना गरेको जनाइएको छ ।
सरकारले युद्धविरामलाई क्षेत्रीय शान्ति र स्थायित्व प्रवद्र्धनतर्फ सकारात्मक पहलका रूपमा लिएको बताउँदै विवादको शान्तिपूर्ण समाधानका हुनुपर्नेमा जोड दिएको छ । विज्ञप्तिमा द्वन्द्वका कारण उत्पन्न मानवीय प्रभावप्रति चिन्ता व्यक्त गर्दै सर्वसाधारण नागरिकको सुरक्षा र हित सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
सरकारले क्षेत्रीय तथा विश्वव्यापी रूपमा दिगो शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय समुदायबाट भइरहेका सबै प्रयासप्रति समर्थन जनाएको छ ।
विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त सरकारको गर्ने
काठमाण्डाै – सरकारले विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रहेका
प्रधानमन्त्री शाहले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने
उपसभामुखको चुनाव आज हुँदै, २६ वर्षीया रुबी ठाकुर निर्वाचित हुने निश्चित
काठमाण्डौ- प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज चुनाव हुँदैछ । संसद भवनमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनको प्रक्रिया
.jpeg)





प्रतिकृया दिनुहोस