• बिहीबार ४-१४-२०८३/Thursday 07-30-2026

प्रधानमन्त्रीका दाबेदारबीच सार्वजनिक बहस गर्ने ओलीको प्रस्ताव बालेनद्वारा अस्वीकार

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका दाबेदारबीच ‘पब्लिक डिबेट’ अर्थात् सार्वजनिक बहसका लागि गरेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले अस्वीकार गर्नुभएको छ ।

 

आज बिहान ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक रहेको बताउनुभएको थियो । साथै उहाँले आफू र आफ्नो पार्टी एमाले यसका लागि तयार रहेको उल्लेख गर्नुभएको छ ।

 

ओलीको फेसबुक स्ट्याटसमै प्रतिक्रिया जनाउँदै बालेनले तत्काल सार्वजनिक बहसमा सहभागी नहुने सङ्केत गर्नुभएको छ । उहाँले गएको भदौ २३ र २४ गतेको आन्दोलनलाई जोडेर ‘अरू कुरा पछि गरौँला अहिले एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ’ उल्लेख गर्नुभएको छ ।

 

प्रधानमन्त्रीको दाबेदारका रूपमा दलहरुबाट अघि सारिएका एमाले अध्यक्ष ओली, कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालेन शाहलगायतलाई ‘पब्लिक डिबेट’ गर्नुपर्ने माग अहिले सामाजिक सञ्जालमा चलेको छ । 

 

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको सरगर्मी बढेका बेला प्रधानमन्त्रीका दाबेदारबीच एजेण्डाबारेमा सार्वजनिक बहसको विषय उठेको हो ।

 

प्रतिकृया दिनुहोस

विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त सरकारको गर्ने

काठमाण्डाै – सरकारले विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रहेका

प्रधानमन्त्री शाहले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने

उपसभामुखको चुनाव आज हुँदै, २६ वर्षीया रुबी ठाकुर निर्वाचित हुने निश्चित

काठमाण्डौ- प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज चुनाव हुँदैछ ।   संसद भवनमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनको प्रक्रिया